
३० चैत, काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले गृहमन्त्रीलाई बेलैमा सच्चिन चेतावनी दिएकी छन् ।
गृहमन्त्री सुदन गुरुङको स्टाटस्प्रति आपत्ती जनाउदै बमले आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु पदीय मर्यादाविपरीत भएको भन्दै बेलैमा सच्चीन चेतावनी दिएकी हुन्।
आज बिहान मात्रै मन्त्री गुरुङले आफ्नो सामाजिक सञ्जालमा गरिब जन्मिनु गलती नभएपनि गरिब नै भएर मर्नुचाहिँ गलती भएको उल्लेख उल्लेख थिए ।
जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर गुरुङजस्ता युवाहरुले आज अवसर पाएको भन्दै उनले भनिन् ”आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला रु
उनले फिल्मी लाइनहरू फिल्मका लागि लेखिएको उदाहारण दिँदै यथार्थमा जीवन भनेकै संघर्ष रहेको र आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न नमिल्ने बताइन् ।
उनले लेखेकी छन् ”आज हाम्रो देशका २०५ भन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।”















