Skip

Hamro Sanchar

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया आज गरिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३० गते


Advertisement

३० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज गरिँदै छ। महराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई अपरेसन थिएटरमा लगिसकिएको छ।

डा। पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्यक्रिया गरेर उनको पित्तथैलीको पत्थरी निकाल्ने छ। ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा छ।

यसबाहेक ओलीको स्वास्थ्य सामान्य रहेको अस्पतालका चिकित्सकले बताएका छन्। गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री ओली चैत १४ देखि नै त्रिवि शिक्षण अस्पतालमा छन्।

चैत २६ गते हाजिरी जमानीमा उनी प्रहरीको नियन्त्रणबाट रिहा भए पनि शल्यक्रियाका लागि अस्पतालमै बसेका हुन्।


प्रतिकृया दिनुहोस्