
३० चैत, काठमाडौं । प्रतिनिधिसभाकी सांसद आसिका तामाङले वर्तमान सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको समपत्ति बिवरणलाई लिएर चौथर्फि आलोचना भइरहेका बेला बचाउ गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै तामाङले अहिलेका सबैजना सांसदहरू आत्मनिर्भर भएको बताएकी हुन्।
उनले अहिलेका सांसदहरू चप्पल पड्काउँदै सिंहदरबार छिरेको नभइ राजनीतिमा आउनु पुर्व सबैजना आफ्नो आफ्नो पेशामा रहेको समेत बताएकी छन् ।
उनले अगाडी लेखेकी छन् “राजनीति मा एकदिन उहाँहरू जान्छु भन्ने लगभग कसैलाई पनि थाहा थिएन, पुरानाले काम नगरेका भएर उहाँहरू राजनीतिकमा आउनुपरेको ।”















