
२८ चैत, काठमाडौं । प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले उपसभामुख कुनै पार्टीको नभइ राज्यको पद भएको बताएका छन् ।
आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ”उपसभामुख राज्यको पद हो पार्टीको होइन ! हाम्रो कुनै स्वार्थ छैन । आफ्नो पार्टीले उपसभामुख पाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चित्त दुखाईरहेका बेला उनले यस्तो बताएका हुन् ।
साथै साम्पाङले आफुहरु जिम्मेवार देशभक्त प्रतिपक्ष भएको समेत उल्लेख गरेका छन् । एमसिसि खारेजको कुरा उठाउँलै आएका साम्पाङले भने ”अझै भन्छु एमसिसि खारेज गर्नै पर्छ ! शंका नगर्नु नेपाली रगतलाई !”















