Skip

Hamro Sanchar

रमेश लेखक लेख्छन् : कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, कानुनी लडाइँ जारी रहन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २७ गते


२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘पूर्वाग्रही’ भएको टिप्पणी गरेका छन् ।

पुर्व गृहमन्त्री समेत रहेका लेखकले पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई आफूलाई १३ दिनसम्म नियन्त्रणमा राखिएको आरोप लगाएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखकले लेखेका छन् “गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु,” ।

आफूले कानुनको पालना र न्यायमा विश्वास गर्ने उनले बताएका छन् । “बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ,” उनले भनेका छन् ।

कार्की आयोगको प्रतिवेदनका आधारमा यही चैत १४ गते भक्तपुरको कटुन्जेस्थित निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । बिहीबार बिहान उनलाई हाजिरी जमानीमा रिहा गरिएको थियो । रिहा भएपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

 


प्रतिकृया दिनुहोस्