
२६ चैत, काठमाडौं । उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद हुन् ।
लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् । उनलाई रास्वपाले समर्थन गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।
त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो ।














