
काठमाडौं । प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले उपसभामुखका लागि चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।
श्रम संस्कृत पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उपसभामुखका लागि बार्गेनिङ नभई चुनाव हुनुपर्ने बताएका छन् ।
उनले लेखेका छन् उपसभामुखको चुनाव हुनेछ,! छलफल गर्नुस् ! बार्गेनिङ होइन ! । उपसभामुख पदका लागि ११ बजेदेखि २ बजेसम्मको लागि समय तोकिएको छ।
साम्पाङको श्रम संस्कृति पार्टीसहित कांग्रेस, नेकपा र राप्रपाले पनि उपसभामुखमा दाबी गर्दै आइरहेका छन् ।















