
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेर बहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरणमा तानिएका देउवाविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो ।
देउवासँगै उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरणका विषयमा बयान लिनुपर्ने भएपछि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सम्पत्ति शुद्धीकरण विभागका एक उच्च अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार देउवा दम्पत्तिमाथि विभागले अनुसन्धान गरिरहेको छ ।
नेपाली काँग्रेसका पूर्व सभापति समेत रहेका पूर्वप्रधानमन्त्री देउवा हाल हङकङमा छन् ।
जेन–जी आन्दोलनपछि उपचारका लागि भन्दै सिंगापुर पुगेका देउवा सिंगापुरबाटै हङकङ गएका थिए । उनीसँगै आरजु राणा पनि हङकङकै छिन् ।














