Skip

Hamro Sanchar

गृहमन्त्री गुरुङ लेख्छन् : ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २२ गते


२२ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म प्रहरीलाई काम गर्न नै नदिएको संकेत गरेका छन् ।

आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा एकदमै छोटो स्टाटस् लेख्दै गृहमन्त्री गुरुङले यस्तो आशय व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’

पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइल खोलिरहेको छ । गृहमन्त्री बनेकै रात गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ समेत गराएका थिए । भ्रष्टाचार प्रकरणमा राजनीतिक तथा व्यापारिक साम्राज्य चलाएकाहरू पनि धमाधम पक्राउ पर्न थालेका छन् ।

सोही सन्दर्भमा गृहमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो। बालेन सरकार बनेसँगै प्रहरीले गुन्डागर्दीमा संलग्नलाई निरन्तर पक्राउ गरिरहेको छ।


प्रतिकृया दिनुहोस्