Skip

Hamro Sanchar

कांग्रेसले सुरु गर्‍यो महाधिवेशनको प्रक्रिया

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २१ गते


२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रूपमा पार्टीको १५ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ।

आज पार्टी कार्यालय सानेपामा पूर्वनिर्धारित तालिका अनुसार १५औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै औपचारिक रूपमा महाधिवेशनको प्रक्रिया सुरु भएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले बताए।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले चैत २१ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु गर्ने गरि कार्यतालिका पारित गरेको थियो।

महाधिवेशनको तयारीसँगै सांगठनिक विषय, नागरिकसँग निर्वाचनको समीक्षा र सामाजिक गतिविधिहरूलाई समेत एकैसाथ जोडेर अघि बढाउनका लागि प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको महामन्त्री पौडेलले बताए।

७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरुले आगामी वैशाख महिनाभरी सम्बन्धित जिल्लामा पार्टीको सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने र पुराना सदस्यतालाई अद्यावधिक गर्ने उनले जानकारी दिए।

उनले वैशाख महिनाभित्र सदस्यता अद्यावधिक गर्दा कांग्रेस आइडी प्राप्त हुने स्थिति बनाएको र आइडी प्राप्त नभएका व्यक्ति आगामी महाधिवेशनमा सहभागी हुन नसक्ने उनले बताए ।


प्रतिकृया दिनुहोस्