Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना : नजिकबाट काम गर्ने चाहना छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १३ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाहलाई देश तथा विदेशबाट बधाई तथा शुभकामना आइरहेको छ । यसैक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई दिएका छन्।

आज प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन्। उनले नजिकबाट काम गर्ने चाहना व्यक्त गरेका छन्।

‘नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो। दुई देशका जनताको पारस्परिक हितका लागि भारत(नेपाल मैत्री र सहकार्यलाई अझ उचाइँमा पुर्‍याउन नजिकबाट सहकार्य गर्न हेरिरहेको छु,’ उनले भने ।


प्रतिकृया दिनुहोस्