
काठमाडौं । आज सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ १३ हजार ५ सय रुपैयाँ घटेको छ । गत शुक्रबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँमा झरेको छ ।
एक सातामा चाँदी २२५ रुपैयाँ घटेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।










