Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चितवनका सुकुमवासीलाई रविको आश्वासन : यो भोट बैंकको पसल सदाका लागि बन्द गर्छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २४ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुकुमवासी समस्याको पसल सदाका लागि बन्द गर्ने दाबी गरेका छन् ।

आज चितवन–२ मा रहेका सुकुमवासीसँग कुराकानी गर्दै लामिछानेले वास्तविक सुकुमवासी समस्याका लागि आफू लड्ने बताएका हुन् ।

सुकुमवासीका समस्या समाधान गर्दा आफूले मेरो वा अर्को पार्टीको नभन्ने पनि उनले प्रतिबद्धता जनाए । उनले भने, ‘आफ्नो पार्टीको कार्यकर्ता भए पाउने, नभए नपाउने बनाएर होइन । कानुनले जे भन्छ त्यहीँ ।’ यदि गलत तरिकाले गरिएको भए कानुन सच्याएर भए पनि पाउनुपर्ने मान्छेलाई जग्गा दिइने उनले बताए ।

‘पाउनुपर्ने मान्छेलाई दिएर यो९सुकुम्बासी समस्या०को पसल, भोट बैंकको पसललाई सदाका लागि बन्द गर्ने वचन मैले हिजो पनि दिएको छु,’ लामिछानेले भने,‘यो चुनावी सभा नभएको हुनाले पार्टीको वाचापत्रमा लेखेर स्पष्ट ढंगले समाधान गर्छौँ ।’

सुकुमवासी समस्या समाधान गर्न सरकार बनाउनुपर्ने भएकाले ५ वर्षसम्म ढुक्कैले सरकार चलाउनेगरी रास्वपालाई मत दिन लामिछानेले आग्रह गरे ।


प्रतिकृया दिनुहोस्