Skip

Hamro Sanchar

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ : बास्कोटा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २१ गते


काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुल बास्कोटाले सर्वोच्च अदालतले संसद् पुनस्स्थापनाको आशामा हिउँ बर्साएको बताएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमा उनले अब संसद् पुनस् स्थापनाको सम्भावना सकिएको टिप्पणी गरेका हुन्।

संसद् विघटनविरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ। यो मुद्दामा सर्वोच्चचले पेसीसमेत तोकेको छैन।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेसका केही नेतालेसमेत सर्वोच्चले यो मुद्धामा मौन बस्न नहुने, निर्वाचन अघि नै फैसला दिनुपर्ने भनेर दबाब बढारहेका छन्।

तर, बास्कोटाले सर्वोच्चले संसद् पुनस् स्थापनाको आशामा हिउँ वर्षाएको बताए पनि सन्दर्भ खुलाएका छैनन्।

‘सर्वोच्चले संसद् पुनःस्थापनाको आशामा हिउँ वर्षाएछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब अन्टसन्ट नसोचि जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ। गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ। अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ ।


प्रतिकृया दिनुहोस्