Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विजयचोकमा राप्रपाको सम्पर्क कार्यालय स्थापना, कुन्तीदेवीलाई जित्ने दौडमा नयाँ ऊर्जा!

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १९ गते


Advertisement

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचन (२०८२) को तयारी अन्तर्गत काठमाडौँ महानगरपालिका–९, विजयचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो सम्पर्क कार्यालय स्थापना गरी आज औपचारिक रूपमा सञ्चालन सुरु गरेको छ। कुन्ती देवी पोख्रेललाई जिताउन तथा जनसम्पर्क मजबुत पार्न र चुनावी गतिविधिलाई तीव्र बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको हो।

राप्रपाले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट कुन्ती देवी पोख्रेललाई पार्टीको प्रतिनिधि सभा उम्मेदवारका रूपमा सिफारिस तथा मनोनयन दर्ता गराएकी छन्। पोख्रेललाई पार्टीले यही क्षेत्रमा बलियो जनसमर्थन र स्थानीय नेतृत्वको रूपमा अघि सारेको हो।

कुन्ती देवी पोख्रेल राप्रपाको केन्द्रिय सदस्य तथा महिला सशक्तिकरण, सामाजिक सेवा र स्थानीय जनसमस्याको समाधानमा सक्रिय नेतृको रूपमा परिचित छिन्। उनी यसै क्षेत्रमा निरन्तर जनसंपर्क, घरदैलो अभियान र मतदातासँगको प्रत्यक्ष भेटघाटमार्फत आफ्नो चुनावी अभियान अगाडि बढाइरहेकी छिन्।

सम्पर्क कार्यालय स्थापना कार्यक्रममार्फत पार्टी कार्यकर्ता, स्थानीय समर्थक र जनता माझ पार्टी र उम्मेदवारबीचको संवादलाई बलियो बनाइने तथा स्थानीय समस्याहरू सुन्ने र समाधानका लागि पहल गर्ने कामलाई प्रभावकारी रूपमा अघि बढाइने बताइएको छ।

यो कार्यालय स्थापना र उम्मेदवारको गतिविधिहरूले काठमाडौँ–२ क्षेत्रको चुनावी प्रतिस्पर्धामा राप्रपाको स्थितिलाई सुदृढ बनाउने लक्ष्य राखिएको जनाइएको छ।


प्रतिकृया दिनुहोस्