Skip

Hamro Sanchar

चुनावपछि एमाले पहिलो पार्टी बन्छ : शंकर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १६ गते


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा बढ्ने दावी गरे ।

प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भए पनि एमालेले बहुमत ल्याउन सक्ने उनको विश्वास छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेले २७, २८ प्रतिशत लोकप्रिय मत ल्याएको थियो । यसपटक त्यो बढेर ३० देखि ३४ प्रतिशतसम्म पुग्ने हाम्रो विश्लेषण छ,’ उनले भने, ‘बाँकी जनमत धेरै ठाउँमा विभाजित भयो भने हामी बहुमत ल्याउँछौं । थोरैमा बाँडियो भने हामी पहिलो पार्टी बन्नेछौं ।’

सामाजिक सञ्जालमा देखाइएको भीड र मतदानमा खस्ने मत फरक कुरा भएको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्