Skip

Hamro Sanchar

सांसद उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १४ गते


Advertisement

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नं ४बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ

कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नं ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् ।

बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ ख प्रदेशका उम्मेदवार कृष्ण कुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नं १का वडाध्यक्ष सुजित महतो, वडा नं २का वडाध्यक्ष अजय प्रसाद शाह, वडा नं ५का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए । वडा नं १का वडाध्यक्ष महतो र वडा नं २का वडाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी, वडा नं २का वडाध्यक्ष शाह नेपाल कम्युनिस्ट पार्टी, वडा नं ५का वडाध्यक्ष गुप्ता जसपा, वडा न ११का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।

त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् ।

मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरुले बताए । यस अघि सर्लाही क्षेत्र नं ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए ।


प्रतिकृया दिनुहोस्