Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सर्लाहीमा नेकपाका नेता-कार्यकर्ता कांग्रेस प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १३ गते


Advertisement

सर्लाही । सर्लाहीमा क्रियाशील नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

तत्कालीन नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीका एक सदस्यसहितका एक दर्जनजति नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसका सभापति गगन थापाले सर्लाही ४ धनकौलमा आयोजित कार्यक्रममा गएराति उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्।

तत्कालीन माओवादी केन्द्रको मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका ०७९ मा सर्लाही ४ (ख)का उम्मेदवार महेन्द्र यादवसहितका नेता कांग्रेसमा प्रवेश गरेका हुन्।

यादवसँगै रामशंकर साह, सुमित साह, मोहन राय यादव, दीपक यादव पोष्टनारायण यादव, रविराजन अधिकारी, विदा मियाँ सुरेन्द्र साह लगायत पनि कांग्रेसमा प्रवेश गरेका छन्।

उनीहरूलाई सभापति थापाले टीका र माला लगाएर स्वागत गर्दै कांग्रेसमा भित्र्याएका छन् ।


प्रतिकृया दिनुहोस्