
जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आइपुगेका छन् । आइतबार साँझ जनकपुर आएका शाहले सोमबार तीन मन्दिरको दर्शन गरेका हुन् ।
उनले जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना गरे । जानकी मन्दिरमा चुनरीसमेत भेटी चढाए । जानकी मन्दिरमा दर्शन गरेर शाह पैदल यात्रा गर्दै अन्य मन्दिर दर्शन गरेका थिए ।
शाह गंगा सागरमा हुने गंगा आरतिमा पनि सहभागी हुने कार्यतालिका रहेको छ । जानकी मन्दिर आसपासमा उनलाई स्वागत गर्नेहरूको भीड लागेको थियो ।
शाहको भ्रमणलाई लक्षित गरी जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

















