Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौं छाेड्दै गर्दा सभापति थापाको सन्देश : मधेस जाँदै छु, म देश जोड्न चाहन्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १२ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सर्लाही जानुअघि नेपाली कांग्रेसका सभापति गगन थापाले भिडिओ सन्देशमार्फत काठमाडौँ=४ का मतदातालाई धन्यवाद दिएका छन्।

आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि थापाले सर्लाही-४ बाट उम्मेदवारी दिएका छन्। यसअघि उनी काठमाडौँ-४ बाट प्रतिस्पर्धा गर्दै आएका थिए।

वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा सोमबार सर्लाही गएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ।

सर्लाही जानुअघि उनले काठमाडौँ छोडेर मधेस झर्नुको कारण सुनाएका छन्। भिडिओ सन्देशमा थापाले भनेका छन्, ‘म मधेस जाँदै छु, किनकि म देश जोड्न चाहन्छु।’

पछिल्लो तीन निर्वाचनमा काठमाडौँ-४ बाट निर्वाचित भएका थापाले भनेका छन्, ‘मैले परिवारको जस्तो माया यो क्षेत्रमा सधै पाएँ।’

कांग्रेसका नेता तथा कार्यकर्ताले पनि काठमाडौँ नछोड्न सल्लाह दिएको उनले खुलाएका छन्। तथापि, देश जोड्नका लागि मधेस झर्ने निर्णय गरेको उनको भनाइ छ।

‘मधेससँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने भन्ने मेरो तिव्र इच्छा भयो र आवश्यक पनि थियो,’ थापाले भनेका छन्, ‘पहाडबाट झरेको मेरो परिवार, काठमाडौँमा हुर्केको म सिंगो देशको हुनुपर्छ, त्यसका लागि मैले एक पटक मधेसको माटो ढोग्नुपर्छ, टेक्नुपर्छ, आशीर्वाद लिनुपर्छ, त्यससँग जोडिनुपर्छ, त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ ।


प्रतिकृया दिनुहोस्