Skip

Hamro Sanchar

सुदन गुरुङको दाबी : गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १२ गते


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा पहिला गोली चलेको र त्यसपछि सिंहदरबार जलेको बताएका छन ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले तत्कालीन सरकारले आन्दोलनकारी युवाहरूलाई गोलीले ढालेपछि मात्रै सिंहदरबार जलेको बताएका हुन् ।

‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो । बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो । स्मरण रहोस् !’, चेतावनी शैलीमा गुरुङले सोमबार सामाजिक सञ्जालमा लेखेका छन् ।

 

 


प्रतिकृया दिनुहोस्