Skip

Hamro Sanchar

राष्ट्रिय सभामा कोशीबाट रोशनी मेचे निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ११ गते


विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।

कांग्रेस-एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।

मेचे नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् ।

एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन । तर रोशनी अहिले देशको माथिल्लो सदन (राष्ट्रिय सभा) को उम्मेदवार बनेकी हुन् ।

रोशनीको यो राजनीतिक फड्कोको मुख्य कडी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर गरेको काम हो । ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गर्ने उनी एक्ली महिला हुन् ।

 


प्रतिकृया दिनुहोस्