Skip

Hamro Sanchar

नेकपाको संसदीय दलको नेतामा वेदुराम र प्रमुख सचेतकमा गरिमा नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ११ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले वेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभा संसदीय दलको बैठकले भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको हो ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको नेकपाले जनाएको छ ।

पार्टीले दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उमेदवार बनेपछि राष्ट्रियसभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ टिम गठन गरेको हो ।


प्रतिकृया दिनुहोस्