Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १० गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

नेकपाले हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली),कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह )सिराहा), राजकुमारी साह (सिराहा)र जिवछ साह (सिराहा) लाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निकालेको हो।

नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालको संयुक्त हस्ताक्षरमा शनिबार जारी विज्ञप्तिअनुसार ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेकाले विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको हो।’

शुक्रबार मात्र नेता गजुरेल सिन्धुली=२ मा बागी उम्मेदवारी फिर्ता लिन पार्टीले दिएको निर्देशनविपरीत त्यहाँका बागी उम्मेदवार महेश्वर दाहालको चुनावी प्रचारमा निस्किएका थिए।

 

 


प्रतिकृया दिनुहोस्