Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमाले ओखलढुंगाकाे जिल्ला अध्यक्ष सहित ३८ जना नेकपा प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ९ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)को ओखलढुंगा जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ।

शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा एक समारोह आयोजना गरी नेकपाले एमाले ओखलढुंगाको जिल्ला कमिटीका ३८ जनालाई स्वागत गरेको हो।

ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वाल सहित ३८ जना नेकपमा समाहित भएका हुन्।

उनीहरूले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा गरेको घोषणा गरेका थिए।

प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाको सिफारिस विपरीत अध्यक्ष ओलीले आफ्ना निकटताको आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएका थिए।

जिल्ला कमिटीबाट अम्बिरबाबु गुरूङ, यज्ञराज सुनुवारसहित पाँच जनाको नाम सिफारिस भए पनि सिफारिस गरिएका नामलाई बेवास्ता गर्दै अस्मिता थापालाई उम्मेदवार बनाउने स्वेच्छाचारी निर्णय गरेको उनीहरूको आरोप छ।

उम्मेदवारी छनोटमा असन्तुष्टि जनाएका अम्बिरबाबु गुरूङले पार्टी परित्याग गरेका थिए। नेकपाले उनलाई उम्मेदवार बनाएको छ ।


प्रतिकृया दिनुहोस्