Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ९ गते


Advertisement

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रहेका रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

कैलाली क्षेत्र नम्बर १ बाट फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ दिएको उम्मेदवारी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको थियो।

भोलिपल्टै उनले उक्त निर्णय बदर गराउन रिट दिएका हुन्। उनको रिट दर्ता गरेको सर्वोच्च प्रशासनले आइतबारका लागि पेसी तोकेको छ।

टीकापुर घटनाको मुद्दामा रेशमले राष्ट्रपतिबाट आममाफी पाएका थिए। निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा ऐनअनुसार जन्मकैद भएका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुन रोकेको भन्दै उम्मेदवारी खारेज गरेको थियो।


प्रतिकृया दिनुहोस्