
काठमाडौं । एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट स्वतन्त्र उमेदवारी दिएका महाबीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् ।
शुक्रबार (माघ ९)निर्वाचन आयोगले उनलाई त्रिभुज चुनाव चिह्न दिएको हो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आफूले त्रिभुज चुनाव चिह्न पाएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
“महाबीर पुनको चुनाव चिह्न आयो । नेपालभरिका स्वतन्त्र उमेदवारहरूले यही चिह्न लिए हुन्छ,” उनले फेसबुकमा लेखेका छन् ।
यही माघ ६ गते मनोनयनपत्र दर्ता गराएका उमेदवारहरूलाई आयोगले शुक्रबार चुनाव चिह्न दिएको हो ।

















