Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पश्चिम नवलपरासी–२ मा देवेन्द्र कँडेल कांग्रेसको आधिकारिक उम्मेदवार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा देवेन्द्र कँडेल आधिकारिक उम्मेदवार रहेको नेपाली कांग्रेसले जनाएको छ।

शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाएर कांग्रेस सभापति गगन थापाले कँडेल नै पार्टीको आधिकारिक उम्मेदवार रहेको बताएका हुन्।

कांग्रेस सभापति थापाले एकै क्षेत्रका लागि भीमबहादुर थापा क्षेत्री (भरत) र देवेन्द्र राज कँडेल (मुन्नाबाबु) दुवैलाई टिकट दिएर पठाएपछि विवाद उत्पन्न भएको थियो।

सुरूमा नेपाली कांग्रेसको तर्फबाट भरतले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि कँडेल पनि टिकट लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

उम्मेदवारी दर्ता गर्न कागजात पेश गर्दा कम्प्युटरमा कांग्रेसको तर्फबाट दर्ता भइसकेको देखिएपछि निर्वाचन कार्यालयले इन्ट्रि गर्न नमिल्ने भन्दै उनलाई फर्काएको थियो।

पहिला उम्मेदवारी दर्ता गरेका थापाको नाम कायम गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो ।

 


प्रतिकृया दिनुहोस्