Skip

Hamro Sanchar

बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ९ गते


पोखरा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट सांसदको उमेदवार बनेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएका छन् ।

उनी गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका थिए । शुक्रबार (माघ ९)सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै भट्टराईले उमेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

उमेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका नेताले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने सुझाव दिएका उनले बताए । उमेदवार बन्दा भूमिका संकुचित हुने भनेर आफूले सुझाव पाएको उनले उल्लेख गरे ।

उनले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ शक्तिहरूलाई आफ्नो समर्थन रहने पनि बताए ।


प्रतिकृया दिनुहोस्