Skip

Hamro Sanchar

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ८ गते


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।

सभापति गगन थापाले शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले राजीनामा दिएका हुन् ।

०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।

उनले सभापति थापा वा अरू कसैले राजीनामा मागेको नभई आफूले स्वविवेकले पद छाडेको बताए ।

गएको पुस ३० गते विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।


प्रतिकृया दिनुहोस्