Skip

Hamro Sanchar

जनमोर्चाले काठमाडौँका यि ५ क्षेत्रबाट दियो उम्मेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौँका १० मध्ये ५ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट अशोक विक्रम जिसी(समीर सिंह)ले उम्मेदवारी दर्ता गराएका छन्।

जिसी नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहका छोरा हुन्।

यस्तै, क्षेत्र नम्बर ६ बाट जगत रेग्मीले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं ९ बाट सञ्चारर्की रोसन दानी उम्मेदवार बनेका छन्।

क्षेत्र नं ७ बाट दिर्घ श्रेष्ठ र ४ बाट छवि खनालले उम्मेदवारी दर्ता गराएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्