Skip

Hamro Sanchar

दिउँसो २ बजेसम्म ८६१ जनाले गराए उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि देशभर मनोनयन दर्ता भइरहेको छ।

बिहान १० बजेदेखि देशैभरिका जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक ढंगले मनोनयन दर्ता भइरहेको छ।

निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म देशभरि ८६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ताका लागि ‍साँझ ५ बजेसम्मको समय तोकिएको छ।


प्रतिकृया दिनुहोस्