
काठमाडौं । नेकपा एमालेले पाल्पा २ मा ठाकुर गैरेलाई नै टिकट दिएको छ । यसअघि विष्णु पौडेललाई दिने निर्णय गरिएको थियो ।
तर उनी बुटवलबाटै चुनाव लड्न चाहेपछि रामबहादुर राउतलाई टिकट दिइएको थियो ।
तर अन्तिममा आज बिहान ठाकुर गैरेलाई नै दिने निर्णय भएको हो ।
गैरेले टिकट पाएको बताए । उनले उमेदवारी दर्ताका लागि जाने तयारीमा रहेको पनि बताए ।

















