Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रविको ठोकुवा : अब बालेनले देश बनाउँछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेनसँग भेट भएपछि आफूलाई अब देश बन्छ भन्ने विश्वास पैदा भएको बताएका छन् ।

रास्वपाले जनकपुरधाममा गरेको चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले बालेनसँगको भेटमा पाँच मिनेटभित्रै आफूहरू सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताए ।

‘बालेनसँग भेट भएको पाँच मिनेटै थाहा थियो हामी सँगै हिँड्न सक्छौं । वार्ता ५ मिनेटमै सकिएको हो, बाँकी समय त एकअर्कालाई चिन्नमा खर्च गरेका थियौं,’ उनले भने, ‘मलाई त्यही दिन विश्वास भएको थियो बालेनले देश बनाउँछ ।’

बालेनसँगको पहिलो भेटपछि घर पुगेर आफ्नी स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै आफूले अब देश बालेनले बनाउँछ भन्ने विश्वास व्यक्त गरेको उनले सुनाए ।

‘बालेनसँगको पहिलो भेटपछि घर गएर मैले मेरी स्वर्गीय आमाको फोटोसँग कुरा गरेँ । मेरी श्रीमती साक्षी थिइन् । मैले भने, ‘आमा अब देश बालेनले बनाएँछ । हाम्रा सपना बालेनले पूरा गर्छ,’ लामिछानेले भने, ‘मलाई बालेनसँगको पहिलो भेटमै यो विश्वास पैदा भएको थियो ।’

उनले आफू जेल नै जानु परे पनि कुनै चिन्ता नलागेको पनि बताए । ‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टमार भागेको सरकारले मलाई मुद्दैमुद्दा लगाएको छ । म जेल जान पनि सक्छु,’ उनले भने, ‘तर मलाई अब चिन्ता छैन । किनभने, हामीसँग बालेन छ । यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाव लिनेछ ।


प्रतिकृया दिनुहोस्