Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लहान पुगेर बालेनले मधेस आन्दोलनका प्रथम सहिदको शालिकमा गरे माल्यार्पण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले केहीबेरअघि सिरहा जिल्लाको लहान पुगेर मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन्।

उनीसँगै मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद अमरेस सिंहले पनि शालिकमा माल्यार्पण गरे।

मधेश आन्दोलनको स्मृतिको अवसरमा मनाइने बलिदानी दिवसमा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाहले उनको योगदानको स्मरण समेत गरेका छन्।

लहान जानुअघि शाहले आज बिहानै ऐतिहासिक जानकी मन्दिरमा पुगेर दर्शन तथा विशेष पूजा–पाठ गरेका छन्।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जानकी मन्दिरमा उनले मधेसको शान्ति, समृद्धि र सामाजिक सद्भावको कामना गर्दै पूजा अर्चना गरेका हुन्।

शाहले सोमबार दिउँसो जनकपुरधाममा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्घोष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।

सभामार्फत उनले समसामयिक राजनीतिक विषय, सुशासन, विकास र युवाको भूमिकाबारे धारणा राख्ने रास्वपाका नेताहरूले जानकारी दिएका छन्।

सभामार्फत बालेनले निर्वाचनमा सहभागी हुन आह्वान गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए।

उदघोष कार्यक्रमपछि अमरेश सिंह लगायतका नेताहरू पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्