
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल दाङ-२ बाट चुनाव लड्ने भएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई दाङ-२ को टिकट दिएका छन्। एमाले सचिवालय बैठक दाङ-२ का टुंगो लगाउने जिम्मा ओलीलाई दिएको थियो।
पोखरेल गत निर्वाचनमा पनि दाङ–२ बाट चुनाव लडेका थिए। त्यतिवेला नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेखा शर्मासँग पराजित भएका थिए ।

















