
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा–२ बाट निर्वाचन लड्ने भएका छन् ।
आज गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराई गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०बाट उम्मेदवार बन्न सहमत भएका हुन् ।
आजै बसेको प्रलोपाको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । तर, गोरखा–२ मा चुनावी तालमेल हुने या नहुने भन्नेबारे निश्चित भइसकेको छैन।
गोरखा–२ मा यसअघि नै नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने एमालेले चक्रे मिलनलाई उम्मेदवार बनाएको छ ।

















