Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कार्यकर्तालाई केपी ओलीको निर्देशन : दिनमा कम्तिमा १० वटा स्टाटस् लेख्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावसम्म कम्तिमा १० वटा स्टाटस् लेख्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एमालेको राजधानी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा सक्रिय भएर अबको लडाइँ लड्नुपर्ने बताएका छन्। ‘अब हरेकले यो लडाइँ लड्नुपर्छ। कम्तिमा १० वटा मेसेज गर्नुस्, दिनको १० वटा स्टाटस लेख्नुस्, राम्रो कुरालेख्नुस्। साथीभाइले राम्रो गरेको कुरामा लाइक त थिचिदिनुस् बाबा। छेउमै हुन्छ।’

उनले अहिले थकाइ मार्ने वेला नभएको बताए। ‘४० कटेपछि रमाऔंला’ गीतको प्रसंग झिक्दै ओलीले भने, ‘अहिले थकाइ मार्ने वेला होइन, लागौँ साथीहरू। चुनावपछि थकाइ मारौला।’

आगामी प्रतिनिधि सभाको निर्वाचनमा ‘स्विप आउट’ गर्नुपर्ने उनको भनाइ थियो। ‘यो फागुनमा होस् कि, चैतमा होस् कि जेठमा, चुनाव त हुन्छ। जहिले चुनाव भए पनि हामीले स्विप आउट गर्नुपर्छ,’ उनले भने।

ठूलो मतान्तरले जित्नुपर्नेमा उनको जोड थियो। त्यसका लागि देशभरका कार्यकर्ताले लाग्नुपर्ने बताउँदै ओलीले भने, ‘सानो मार्जिनले होइन, ठूलो मार्जिनले जित्नुपर्छ।’

आगामी चुनावबाट एमालेनै प्रमुख दल बन्ने उनको भनाइ थियो। ‘वडा होइन, टोलटोलमा संगठन भएको सशक्त, एकीकृत जुटेको मजबुत पार्टी अरु कुनै छ ररु कसैको पार्टी नै बनेको छैन। हात उठाएर उम्मेदवार खोज्नु परेको छ,’ ओलीले थपे, ‘अरु कोही छँदै छैन त प्रमुख बनिहाल्छ नि।


प्रतिकृया दिनुहोस्