
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपाने) (एकता पक्षधर)का संयोजक सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
बुधबार (पुस ३०) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेकपाका संयोजक पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका हन् । सायमी गुठी आन्दोलनका नेता हुन् ।
सायमीले काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका छन् ।
रामुपानेसँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेकपाले जनाएको छ ।















