Skip

Hamro Sanchar

कांग्रेस विशेष महाधिवेशन : आजको बन्दसत्र सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्यतको बन्दसत्र सुरु भएको छ । मङ्गलबारको बन्दसत्र केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा सुरु भएको हो ।

बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सहभागी छन् ।

यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्म लम्बिएको हो ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया आज पनि जारी रहेको बताए ।

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने उनले बताए।

महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या सोमबार साँझसम्म ६३ प्रतिशत पुगेको जनाइएको छ ।


प्रतिकृया दिनुहोस्