Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसमा देखिएको विवाद मिलाउन वार्ता जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


Advertisement

काठमाडौं । जारी विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि आज(मंगलबार)बिहानै वार्ता सुरु भएको छ।

बिहान साढे ८ बजेदेखि संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा वार्ता भइरहेको हो।

छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट नेताहरू रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षधरबाट नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।

यसअघि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए।

कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यसूची बहुमतबाट पारित गरे पनि त्यसमा असहति जनाएका महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा पुस २७ देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ।

सोमबार सुरु बन्दसत्रले देउवालाई हटाएर नयाँ सभापति चयन गर्ने कार्यविधिसमेत पारित गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्