Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिक सूचीबाट नाम फिर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहान्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।

आचार्यले आइतबार समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन्।

उनलाई रास्वपाले खस आर्यतर्फतको पहिलो नम्बरको समानुपातिकतर्फ सिफारिस गरेको थियो। रास्वपामा एकपछि अर्काले नाम फिर्ता लिने क्रम जारी छ। अहिलेसम्म १३ जनाले नाम फिर्ता लिइसकेका छन्।

‘पार्टीभित्रको आन्तरिक बेथिति होस वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाई लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ। देशले विश्वास गर्ने फेस बन्न जरूरी हुन्छ। ब्याकफुटको लडाइँ लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन् त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने। समानुपातिक तर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम फिर्ता लिएर प्रत्यक्ष तर्फको यात्रा अघि बढाउँदै छु। साथ र सहयोगको अपेक्षा गर्दछु,’ आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्।


प्रतिकृया दिनुहोस्