Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महेशको टिप्पणी : कुलमान न घरको न घाटको भए, अब पालो बालेनको

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


Advertisement

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको बस्नेतको दाबी छ।

रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार बन्ने मौका दुवै गुमाएको उनले उल्लेख गरेका हुन्। बस्नेतले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि उम्किन नसकिने बताएका छन्।

उनले नेकपा एमाले र नेपाली कांग्रेसजस्ता पुराना दलहरूलाई चराको संज्ञा दिँदै उनीहरूले यस्ता जालो तोड्न सक्ने तागत राख्ने तर कुलमान घिसिङ र बालेन शाह जस्ता पात्रहरू पुतली जस्तै भएको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय शक्तिले बुनेको रविको जालोमा परेर कुलमान अन्धकारतिर धकेलिएको उनको तर्क छ।

‘अस्थायी मन्त्रीको पद केही महिनाका लागि आयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो,’ बस्नेतले लेखेका छन्। उनले कुलमानको हालत देखेपछि अब काठमाडौँका मेयर बालेन शाहको पालो आएको भन्दै चेतावनी दिएका छन्। बालेन पनि रविको जालोमा पर्ने दिन धेरै टाढा नरहेको बस्नेतको ठोकुवा छ।

पार्टी एकताको नाममा रवि लामिछानेले कुलमानलाई प्रयोग गरेर बिचल्लीमा पारेको र समानुपातिक उम्मेदवार दर्ता गर्ने समय समेत घर्किएको बस्नेतले जिकिर गरेका छन्। सामाजिक सञ्जालमा चर्चित यी पात्रहरू अन्ततः राजनीतिक रूपमा सफल हुन नसक्ने संकेत गर्दै उनले स्थापित दलहरूको शक्ति नै नेपालको वास्तविक तागत भएको दाबी गरेका छन् ।


प्रतिकृया दिनुहोस्