Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौं सभापति बानियाँले विशेष महाधिवेशनको सभापतित्व गर्ने, कहाँ-कहाँबाट निस्कन्छ र्‍याली ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको दुई दिनसम्म चल्ने विशेष महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ ।

पुस २७ र २८ गते हुने तय भएको विशेष महाधिवेशनको भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ ।

उद्घाटनअघि बिहान ११ बजे काठमाडौंको सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्‍यालीका र्‍यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ ।

त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए ।

मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ ।

विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन ।


प्रतिकृया दिनुहोस्