Skip

Hamro Sanchar

जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई प्राधिकरणमा रोजगारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २४ गते


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सहिदहरूको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासका निवर्तमान मन्त्री एवं प्राधिकरण सञ्चालक समिति ९बोर्ड०का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले सहिद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो ।

जेनजी सहिद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन दिइएको थियो ।

निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो ।

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम र सहिद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको घिसिङले बताए ।


प्रतिकृया दिनुहोस्