
सुर्खेत । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एमालेले महिला कलस्टर पाएको छ ।
कर्णालीबाट दुई सदस्य पदका लागि हुन लागेको निर्वाचन अन्तर्गत एमालेले महिला कलस्टर पाएको हो । अन्यतर्फ भने नेपाली कांग्रेसले पाउने स्रोतको दाबी छ ।
एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले महिला कलस्टरबाट एमालेकी नेतृ मिनासिं रखाल उम्मेदवार बन्ने बताए ।
दैलेख निवासी रखाल ०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेश सभा सदस्य थिइन् ।
उनी यसअघि एमाले ११ औँ महाधिवेशनमा केपी ओली समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

















