Skip

Hamro Sanchar

विशेष महाधिवेशन डाक्दैमा कांग्रेस फुट्दैन : महामन्त्री शर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १८ गते


काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेश डाक्दैमा पार्टी नफुट्ने बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकअगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले आफूहरूले विधानअनुसार नै महाधिवेशन आह्वान गरेको बताएका हुन् ।

उनले भने, नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ भने नराखे हुन्छ ।

विधानअनुसार नै महाधिवेशन आह्वान गरेको पनि महामन्त्री शर्माको भनाइ छ । यो परिस्थितिमा नयाँ नेतृत्वसहित नै चुनावमा जाने कुरा हुनुपर्ने हो । त्यसैले निर्धारित समयमा गर्न सकिएन । विकल्पका रूपमा विशेष महाधिवेशन नै हो, उनले भने ।

संस्थागत रूपमै विशेष महाधिवेशनका बारेमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरोस् भन्ने आफूहरूले चाहेको पनि उनले बताए ।

नियमित महाधिवेशन हुन नसकेको, विधानले तोकेको समयसीमा नाघिसकेको र नेतृत्व-नीतिप्रति असन्तुष्टि चुलिँदै गएको सन्दर्भमा विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण बढेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७-२९ मा विशेष महाधिवेशन बोलाउने निर्णय लिएका छन् ।


प्रतिकृया दिनुहोस्