Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घट्यो हवाइ भाडा, कहाँ जान कति लाग्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १८ गते


Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम हवाइ भाडा घटाएको छ।

आयल निगमले यही पुस १६ गते हवाइ इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो। सोही आधारमा प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी विभिन्न गन्तव्यको हवाइ भाडा घटाएको हो।

यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य ९फ्युल सर्चाज० १२८ रुपैयाँ कायम गरी सोही आधारमा भाडा घटाइएको हो। प्राधिकरणले फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट शुल्क ६८।०९ रुपैयाँ राखेको छ।

प्राधिकरणका अनुसार काठमाडौंबाट हुने पर्वतीय उडानहरुमा ४ हजार ६ सयबाट घटाएर न्यूनतम ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ।

यसबाहेक काठमाडौं–भद्रपुर ४ हजार २५ रुपैयाँबाट ३ हजार ८ सय ४५ रुपैयाँ, काठमाडौं–विराटनगर ३ हजार २ सय १५ रुपैयाँबाट ३ हजार ७५ रुपैयाँ कायम भएको प्राधिकरणले जनाएको छ ।


प्रतिकृया दिनुहोस्