Skip

Hamro Sanchar

समानुपातिकको बन्द सूचीमा भएको गल्ती सच्याउँछौं : गणेश पराजुली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १६ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा भएको गल्तीलाई सच्याउने बताएका छन्।

रास्वपाले निर्वाचन आयोगमा पेस गरेको बन्द सूचीमा उल्लेखित कतिपय नामप्रति पार्टीभित्र र बाहिरबाट विरोध भएको छ ।

पराजुलीले सामाजिक सञ्जाल मार्फत धारणा राख्दै भनेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने अवधि २१ देखि २७ पुससम्मका लागि तोकेको छ ।
उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा २८ पुसमा निवेदन दिन सक्नेछन् ।


प्रतिकृया दिनुहोस्