Skip

Hamro Sanchar

उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझायो समानुपातिक बन्दसूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ ।

सो पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउन आयोगमा पुगेको हो ।

आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए ।

रास्वपा र शाहसँग छलफल गरेर समानुपातिक सूची तयार पार्ने समय अभाव भएकाले अहिले एक्लै समानुपातिक सूची बुझाएको थापाले बताए ।

 


प्रतिकृया दिनुहोस्